कांग्रेस महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित

काठमाण्डाै – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आउँदाे वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरि नयाँ कार्यतालिका प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेकाे बैठकमा आउँदाे वैशाखमा नियमित महाधिवेशन गर्ने कार्यतालिका बहुमत सदस्यकाे समर्थनमा पारित भएकाे कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयाे । उहाँले भन्नुभयो, ‘पुसमा प्रस्ताव गरेको १५औं महाधिवेशन विभिन्न समस्याका कारण हुन नसक्दा कार्यतालिका परिमार्जनसहित पारित ...