काठमाण्डौ – त्रिभुवन आर्मी क्बल र हेल्प नेपाल स्पोर्टस क्लब नवौं एनभीए भलिबल च्याम्पियनशिपको पुरुषतर्फको फाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई र हेल्प नेपालले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेका हुन् । आर्मीले रुकुमलाई ३–२ को सेटमा हरायो । आर्मीले पहिलो सेट २५–२०, चौथो सेट २६–२४ र पाचौँ तथा अन्तिम सेट १५–१२ ले जित्यो । रुकुमले दोश्रो सेट २५–२३...