गायिका त्रिशला गुरुङले गरिन् समानुपातिक उम्मेदवारी फिर्ताको घोषणा

निर्वाचन आयोगमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुझाएको समानुपातिकको बन्द सूचीमा गुरुङको नाम पनि समावेश थियो । गुरुङ उज्यालो नेपाल पार्टी (उनेपा) को तर्फबाट रास्वपाको बन्द सूचीमा परेकी थिइन् ।