राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक बन्दसूचीमा रहेकी गायिका डा. त्रिशाला गुरुङले आफ्नो नाम फिर्ता लिएकी छिन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत आफूमाथि पार्टीले देखाएको विश्वास, सम्मान र समर्थनलाई सदैव उच्च मूल्यांकन गर्ने भन्दै नाम फिर्ता लिएको जानकारी दिएकी हुन् । 'उज्यालो नेपाल पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी)बाट समानुपातिक प्रतिनिधित्वका लागि उम्मेदवारका रूपमा सिफारिस गरिनु मेरो लागि ठूलो सम्मान र जिम्मेवारीको विषय हो । यस अवसरका लागि पार्टी नेतृत्व, सम्बन्धित निकाय तथा सम्पूर्ण शुभेच्छुक...