आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा (एमाले) इलामले क्षेत्र नम्बर १ बाट तीन जनाको नाम सिफारिस गरेको छ । आज बसेको एमाले क्षेत्रीय कमिटीको बैठकले प्रत्यक्षतर्फ महेश बस्नेत, काजीमान कागते र दुर्गादेवी भट्टराईको नाम सिफारिस गरेको एमाले इलामका इन्चार्ज एवं केन्द्रीय सदस्य रामबहादुर रानाले जानकारी दिए । सिफारिसमा परेका बस्नेत निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । त्यस्तै, अर्का उम्मेदवार काजीमान कागते पूर्वप्रदेशसभा सदस्य हुन् । कागतेले गत स्थानीय तहको निर्वाचनमा सूर्योदय नगरपालिकाको मेयरमा उठ्नका ला...