रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल शुरू गर्न माग

न्यायपालिका अधिकृत समाजले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति प्रक्रिया तत्काल शुरू गर्न माग गरेको छ । समाजका कार्यवाहक अध्यक्ष निराजन पाण्डेले आज विज्ञप्ति जारी गर्दै रिक्त रहेको सर्वोच्च अदालतको न्यायाधीश र उच्च अदालतको मुख्य न्यायाधीशमा योग्यता पुगेका क्रमशः विशिष्ट श्रेणीका मुख्य रजिष्ट्रार, रजिष्ट्रारलाई तत्काल नियुक्ति गरी असल अभ्यासको शुरूआत गर्न माग गरेका हुन् । 'उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका न्याय सेवा, न्याय समूहका विशिष्ट र प्रथम श्रेणीका अधिकृतहरूबाट रिक्त रहेको उच्च अदाल...