हेल्प नेपाल एनभीए भलिबलको फाइनलमा

नवौं एनभीए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सहज सेटमा हराउँदै हेल्प नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । हेल्प नेपालले पुलिसमाथि २५–२१, २५–२३ तथा २५–२२ ले जित निकाल्यो । त्यसैगरी, सोही मैदानमा आजै भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ स...