विशेष महाधिवेशन नरोक्ने गगन–विश्वको घोषणापछि जटिल मोडमा कांग्रेस, देउवालाई धर्मसंकट !

कार्यसम्पादन समिति बैठकको बहुमतबाट पार्टीको १५ औं महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ सम्म गर्ने शुक्रबारको निर्णयपछि कांग्रेस विवाद नयाँ चरणमा प्रवेश गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयलाई चुनौती दिँदै महामन्त्री गगन थापाले पुस २८–२९ का लागि बोलाइएको विशेष महाधिवेशन नरोकिने घोषणा गरेका छन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै पुस २८–२९ गतेका लागि विशेष महाधिवेशन आव्हान गरेका थिए । महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि आव्हान गर...