१८ पुस, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ का लागि सिकन्दर राजाको कप्तानीमा जिम्बाबेको टोली घोषणा भएको छ । सन् २०२४ को विश्वकपमा छनोट हुनबाट चुकेको जिम्बाबे यसपटक भने अफ्रिका छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकपमा पुगेको छ। अफ्रिका छनोटमा शानदार प्रदर्शन गरेका ब्रायन बेनेट टोलीका मुख्य ब्याटरका रूपमा छन्। उनको फर्म शीर्षक्रमका लागि महत्वपूर्ण रहनेछ। […]