झापाको भद्रपुर विमानस्थलमा वुद्ध एयरको जहाँज रनवेमा चिप्लिएर दुर्घटना भएको छ । शुक्रवार राति अवतरणको क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनमा परेको हो । विमानमा सवार सबै यात्रु सकुशल रहेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लोकान्तरलाई जानकारी दिए । जहाज ल्याण्ड गर्ने क्रममा रनवे क्रस गरेर खोल्सामा पुगेको भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले जानकारी दिए । विमानमा सवार सबै ५५ यात्रुको उद्धार गरिएको उनले लोकान्तरलाई बताए । विकसित हुँदै गरेको समाचार