भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना : सात जना सामान्य घाइते

झापा – झापाको भद्रपुर विमानस्थलमा हिजो राति ९ बजे बुद्ध एयरको जहाज दुर्घटना हुँदा सात जना सामान्य घाइते भएका छन् । काठमाण्डौबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई जहाज घाँसे झाडी र माटोमा भासिएर दुर्घटना भएको झापा प्रहरीले जनाएको छ । जहाजमा ५१ जना यात्री, चार जना चालक दलका सदस्य र एक जना विमानका इन्जिनियर थिए । तीमध्ये ललितपुर–४ निवासी को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठ र अरु ६ जना जन...