काठमाण्डौ – कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको हिजोको बैठकले वैशाख अन्तिम हप्ता महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्नेगरी प्रस्तुत कार्यतालिकासहितको प्रस्ताव बहुमतले पारित गरिएको हो । कार्यतालिकाअनुसार कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ सम्म काठमाण्डौमा हुनेछ । यही पुसमा प्रस्ताव गरेको १५औँ महाधिवेशन विभिन्न समस्याका कारण हुन नसकेकाले त्यो कार्यतालिका परिमार्जनसहित बहुमतले पारित गरिएको प्रवक्ता प्रकाशशरण महतले बत...