कृत्रिम बुद्धिमता अर्थात् एआई र डिजिटल नवप्रवर्तनमा साउदी अरबले ऐतिहासिक कदम चालेको छ । उसले रियादमा हेक्सागन डाटा केन्द्रको शिलान्यास गरेको छ । यो डाटा केन्द्र मेगावाट क्षमताका हिसाबले विश्वकै ठूलो सरकारी स्वामित्वको केन्द्र बन्ने त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । हेक्सागन डाटा केन्द्रको क्षमता ४ सय ८० मेगावाट रहने र दुई दशमलव आठ लाख वर्गमीटर क्षेत्रमा फैलिनेछ । साउदी डाटा तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्राधिकरणले सञ्चालन गर्ने यो परियोजनाले द्रुत रूपमा विस्तार भइरहेको इलेक्ट्रो...