प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतपत्र छपाइ शुरू गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आगामी फागुन १० गतेसम्म सबै जिल्लामा मतपत्रलगायत निर्वाचनका लागि आवश्यक सामग्री पुर्याउने गरी काम मतपत्र छपाइ शुरू गर्न लागिएको जानकारी गराए । समानुपातिकतर्फको मतपत्र सबै जिल्ला र निर्वाचन क्षेत्रमा एकै प्रकारको हुने भएकाले छपाइ शुरू गर्न लागिएको उनले बताए । प्रत्यक्ष निर्वाचनतर्फको मनोनयपत्र भने निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते तोकिएको छ ...