आन्तरिक उडानको भाडा घट्यो

काठमाण्डौ – आन्तरिक हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानको भाडा सस्तिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले इन्धनको नयाँ हिजोदेखि लागू गर्न आन्तरिक वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएपछि भाडा घटेको हो । काठमाण्डौबाट हुने माउन्टेन फ्लाइटको भाडा २ सय १० रुपैयाँले घटेको छ भने काठमाण्डौ–भद्रपुर भाडा १ सय ८० रुपैयाँले घटेको छ । पोखरा, भैरहवा, जनकपुर, सिमरा, विराटनगर, नेपालगन्ज लगायत विमानस्थलबाट हुने आन्तरिक उडानका भाडा घटाइएको छ ।