बागमती किनारका  किसानलाई तरुलखन्न भ्याइ नभ्याई

माघे सङ्क्रान्ति नजिकै गर्दा सर्लाहीको बागमतीमा किसानलाई तरुल खन्न भ्याइ नभ्याई हुन थालेको छ ।  पुसको ठिहिरोमा किसान बागमती नदी किनारमा तरुल खन्न व्यस्त देखिने गरेका छन् । जिल्लाको बागमती नगरपालिका–४, ५ र ६ स्थित बागमती बगरमा तरुल खेती हुँदै आएको छ ।  सिँचाइको राम्रो व्यवस्था नभएको बगर तरुल खेतीको लागि भने निकै उपयुक्त जमिन हो । यहाँ लगभग ५०० हेक्टर क्षेत्रमा वर्षेनी तरुल उत्पादन हुने गरेको नगर कृषि शाखाका प्राविधिक हिमाल शाहीले बताए । यहाँ उत्पादन भएका तरुल काठमाडौंस्थित कालिमाटी तरकारी बजार ...