काठमाण्डौ – तराई–मधेशका धेरै ठाउँमा आज हुस्सु लागेको छ । लगातार हुस्सु र कुहिरो लाग्दै आएको तराई–मधेशका क्षेत्रमा हिजो र अस्ति दिउँसोपख एक्कैछिन घाम लागेको थियो । तर हिजो बेलुकापछि फेरी हुस्सुले ढाकेको हो । देशभर नै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो उच्च पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदलीको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका...