एनभीए भलिबल च्याम्पियनसिप : उपाधिका लागि आज आर्मी र हेल्प नेपाल तथा न्यु डायमन्ड र पुलिस खेल्दै

काठमाण्डौ – नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ । पुरुषतर्फ त्रिभुवन आर्मी क्बल र हेल्प नेपाल स्पोर्टस क्लबले उपाधिका लागि खेल्दैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो भएको पुरुषतर्फको सेमिफाइनल खेलमा आर्मीले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई र हेल्प नेपालले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेका हुन् । आर्मीले रुकुमलाई ३–२ को सेटमा र हेल्प नेपालले पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि नजिकै पुगेको हो । ...