विश्वमा हिन्दू, बौद्ध, जैन, यहूदी, इसाई तथा इस्लामधर्मका अनुयायीहरू छन् । यसो त केही धर्मनिरपेक्ष (कुनै पनि धर्म नमान्ने) वादीहरू पनि छन् तर, तिनको सङ्ख्या निकै कम छ । धर्मवादीहरूमध्ये हिन्दूहरू वेदलाई मूल धर्मग्रन्थ मान्दछन् भने बौद्धहरूको मूल धर्मग्रन्थ त्रिपीटक अर्थात् सुत्तपीटक, विनयपीटक र अभिधम्मपीटक हो । त्यस्तै, यहूदीहरूको मूल धर्मग्रन्थ पुरानो बाइबल रहेको पाइन्छ भने इसाईहरू नयाँ बाइबललाई र इस्लामहरू कुरआनलाई मूल धर्मग्रन्थ मान्ने गर्दछन् । यस आलेखमा यसैबारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ । यद्यपि इतिहासमा जरथ्रुस्थ धर्म...