कलाकार आशिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीबाट पनि नाम फिर्ता लिने भएका छन् । सामाजिक सञ्जालमार्फत् उनले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् । उनले प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौं-५ बाट प्रत्यक्षमा उम्मेदवारी दिने घोषणा पनि गरेका छन् । 'राजनीतिमा चासो राख्ने तर सक्रिय राजनीतिमा संलग्न नहुने व्यक्ति हुँ म। तर देश बन्नुपर्छ भन्ने हुटहुटी भने सधैँ मेरो मनभित्र जीवित छ,' उनले लेखेका छन्, 'म राजनीतिमा यदि आ...