काठमाण्डौ – आउँदो फागुन २१ गते तय भएको प्रतिनिधिसभा चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको मतपत्र छपाइ शुरू गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन १० गतेसम्म सबै जिल्लामा मतपत्रलगायत चुनावका लागि आवश्यक सामग्री पुर्याउने गरी काम गर्नेक्रममा समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गर्न लागिएको जानकारी गराउनुभएको हो । समानुपातिकतर्फको मतपत्र सबै जिल्ला र निर्वाचन क्षेत्रमा एकै प्रकारको हुने भएकाले छपाइ शुरू गर्न लागिएको उहाँको भनाइ छ । प्रत्यक्षतर्फको मनोनयन भन...