काठमाडौं महानगरपालिका–८ ले १५० रुपैयाँमै एक्स–रे सेवा शुरू गरेको छ । जयबागीश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स–रे कक्षको उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र वडाध्यक्ष एवं कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले संयुक्त रुपमा सेवा प्रारम्भ गरेको हो । उक्त सेवा सञ्चालनका लागि रु ३२ लाखमा अत्याधुनिक मेसिन एक्स–रे मेसिन खरिद गरिएको हो । उपप्रमुख डङ्गोलले, आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई सरल, सहज र गुणस्तरीय बनाउँदै ...