चन्द्र ढकालका छोरा सचिनद्वारा समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा

व्यवसायी चन्द्र ढकालको छोरा सचिन ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् । रास्वपाको समानुपातिक सूचीलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन् । 'उद्यमशीलताको प्रवर्द्धनमार्फत सामाजिक रुपान्तरण र मुलुकको विकास आवश्यक रहेको तथा यसका लागि नवयुवाहरू अघि सरिरहेको वर्तमान परिवेशमा मलाई पनि समानुपातिक निर्वाचनको सूचीमा समावेश गरेकोमा पार्टीको नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दछु । तथापि, नेपालको संविधानले व्यवस्था गरेको समा...