काठमाण्डौ – देशैभरका ताल तलैया, नदी, सिमसार क्षेत्रमा रहेका जलपन्छीको गणना शुरू भएको छ । हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारदेखि नेपालमा पूर्वको कोशीदेखि पश्चिममा शुक्लाफाँटासम्म जलपन्छीको गणना गर्ने गरिन्छ । पानी, ताल तलैया, सिमसार र आसपासको क्षेत्रमा आहारविहार गर्ने, प्रजनन गर्ने र धेरैजसो समय व्यतित गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ । यसवर्ष आजदेखि शुरू भएको गणना आउँदो माघ ४ गतेसम्म चल्नेछ । वेटल्याण्ड ईन्टरनेशनलको संयोजन र नेपाल पन्छीविद् संघको समन्वयमा गणना थालिएको हो । राष्ट्रिय निकुञ्ज तथ...