महाधिवेशन विवादका बीच रणनीति बनाउन छलफलमा जुट्यो शेखर पक्ष

नेपाली कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष भन्ने विवाद भइरहेका बेला डा. शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आगामी वैशाख २८-३१ मा महाधिवेशन गर्ने निर्णय गरे पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा यही पुस अन्तिम साता विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । संस्थापन र महामन्त्रीहरू फरक-फरक तयारीमा लाग्दा शेखर पक्ष पनि रणनीति बनाउन छलफलमा जुटेको हो । विशालनगरस्थित शेखरको सम्पर्क कार्यालयमा जारी छलफलमा उनीनिकट केन्द्रीय सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिध...