काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिकतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता लिएको अवस्थामा सम्बन्धित दलले अर्काे उम्मेदवार थप्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगले आउँदो फागुन २१ गतेका लागि गएको पुस १३ र १४ गते ६४ राजनीतिक दलका तर्फबाट प्राप्त उम्मेदवारीको मनोनयन गरिएकामा त्यसमाथि रुजु भइरहेको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सूचीमा कानुनबमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर भोलि २० गतेभित्र सम्बन्धि...