काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । नेपाली समयअनुसार बेलुका सवा ६ बजे एस्टनभिल्ला र नटिङघम फरेस्ट, पौने ९ बजे ब्राइटन र बर्नली तथा उल्भ्स र वेस्टह्यामबीच खेल हुँदैछ । लिगको शीर्ष स्थानमा रहेको आर्सनल र १५औँ स्थानमा रहेको बर्नमाउथबीच आज राति सवा ११ बजे खेल हुनेछ । आर्सनलको १९ खेलमा ४५ अंक छ । त्यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको समान खेलमा ४१ तथा तेस्रो स्थानमा रहेको एस्टनभिल्लाको १९ खेलमा ३९ अंक रहेको छ ।