झापा र सुनसरीबाट लागुऔषधसहित ६ जना पक्राउ

झापा र सुनसरीका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई प्रहरी पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा झापाको अर्जुनधारा नगरपालिका- ११ स्थितमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी अनु बोहरा, पारस श्रेष्ठ, पाँचथर फिदिम नगरपालिका १ का सञ्जय लिम्बू र अर्जुनधारा ६ का लेखराज गुरुङलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ । त्यस्तै सुनसरीको धरान १८ बाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले ट्रामाडोल र स्पास्मो गरी...