ल्याटिन अमेरिकी देश भेनेजुएलाको राजधानीमा ठूलो विस्फोट भएको छ । राजधानी कराकसमा विस्फोट ठूलो क्षेत्रमा भएको सीएनएनले जनाएको छ । विस्फोटको पूर्ण विवरण भने आइसकेको छैन । काराकसमा कम्तिमा सातवटा विस्फोटको आवाज सुनिएको युरोन्युजले जनाएको छ । विस्फोटपछि शहरका केही क्षेत्रहरू बिजुलीविहीन भएको सीएनएनले रिपोर्ट गरेको छ । विस्फोटमा अमेरिकी संलग्नता भएको अड्कल गरिँदै छ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई ‘आतङ्ककारी’जस्तो व्यवहार गरेको आरोप लगाउँदै अमेरिकी सेना भेनेजुएलालाई जल–सीमाब...