नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिलगायतसँग अन्तरक्रिया गरी राय लिएका छन् । विशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यालयमा भएको छलफलमा अहिलेको विषम परिस्थितिको समुचित निकास के हुन सक्छ ? राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द्वलाई सुरक्षित अवतरण कसरी हुन सक्छ भन्ने लगायतका विषयमा पनि छलफल भएको थियो । त्यसैगरी शुक्रबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्...