मानुङ–पुलिमराङ अल्ट्रा म्याराथन हुने

तनहुँको व्यास नगरपालिकाले शहीद दिवसको अवसरमा अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । मगर र गुरुङ समुदायको गाउँलाई खेलकुदको माध्यमबाट चिनाउने उद्देश्यसहित आगामी माघ १६ गते अल्ट्रा म्याराथन आयोजना गर्न लागिएको हो । व्यास नगरपालिका–५ मानुङकोट र व्यास नगरपालिका–८ पुलिमराङलाई खेल पर्यटनमार्फत जोड्ने उद्देश्यसहित म्याराथन आयोजना गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । सोमबारको कार्यपालिकाको बैठकले म्याराथनको आवश्यक व्यवस्थापन गर्न सम्बन्धित वडाध्यक्षहरू समावेश ...