दुर्गमका बिरामीका ‘सारथि’ डा. सन्तोष

संखुवासभाको खाँदबारी बजारमा रात छिप्पिँदै थियो । बाहिर चिसो स्याँठ चलिरहेका बेला जिल्ला अस्पतालको शल्यक्रिया कक्षभित्र भने एउटा जीवन–मरणको युद्ध चलिरहेको थियो । आन्द्रा फुटेर छट्पटाइरहेकी एक महिलाको शरीरबाट अत्यधिक रगत बगिसकेको थियो । ढिलाइ भएको भए उनको प्राण उड्न बेर लाग्ने थिएन । तर, त्यहाँ एउटा यस्तो हात थियो, जसमा सीप मात्र होइन, सेवाको दृढ संकल्प पनि थियो । ती हात थिए– डा. सन्तोष देवका । करिब एक घण्टाको अथक प्रयासपछि शल्यक्रिया सफल भयो । जब डाक्टर देव ओटीबाट बाहिर निस्किए, बिरामीका आफन्तका आँखामा ...