राजधानीको उत्तरपूर्वी भेगस्थित साँखुमा रहेको सालीनदीमा एकमहिने माधवनारायण मेला शुरू भएको छ । पौष शुक्ल पूर्णिमादेखि शुरू हुने मेलामा हजारौं भक्तजनको उपस्थिति रहेको मेला व्यवस्थापन समितिले जनाएको छ । माधवनारायण मेलामा १७५ ले व्रत गरिरहेको समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए । मेलामा महिला १६२ र पुरुष १३ को सहभागिता छ । मेला माघ १८ गतेसम्म सञ्चालन हुनेछ । मेलाको पहिलो दिन दाताको सहयोगमा नगरकोट डाँडाबाट पुष्पवृष्टि समेत गरिएको समितिले जनाएको छ । मेलामा सालीनदीमा स्नानसहित माधवनारा...