‘लेभोफ्क्स–५००’ नामक ट्याबलेट औषधि बजारबाट फिर्ता

काठमण्डौ – औषधि व्यवस्था विभागले ‘लेभोफ्क्स–५००’ नामक ट्याबलेट औषधि बजारबाट फिर्ता गर्न भनेको छ । विभागले हिजो सूचना निकालेर ब्याच नम्बर ‘बिबी–२४००१’ को यो औषधि बजारबाट फिर्ता गर्न भनेको हो । यो औषधि मेग्नस फर्मा प्रालिले उत्पादन गरेको हो । औषधि ब्याक्टेरिया सङ्क्रमण रोक्नलाई प्रयोग गरिन्छ । विभागले यो औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न र नगराउनु सबैलाई अनुरोध गरेको छ । राष्ट्रिय औषधि प्रयोगशालाबाट नमुना परीक्षण गर्दा औषधि न्यून गुणस्तर भएको पाइएकाले फिर्ता गर्न भन...