अमेरिकाले भेनेजुएलाको राजधानी कराकाससहित विभिन्न भागहरूमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण गर्न निर्देशन दिएलगत्तै भेनेजुएलाको राजधानी कराकाससहित विभिन्न भागहरूमा विस्फोटहरु भएका बीबीसीले जनाएको छ । आक्रमण शुरु भएपछि राष्ट्रपति निकोलास मदुरोले राष्ट्रिय सङ्कटकाल घोषणा गर्नुभएको छ । यस्तै भेनेजुएलाको सरकारले अमेरिकी आक्रामकतालाई नस्वीकार्ने बताएको छ । हवाई क्षेत्रसहितको सैन्य क्षेत्र र मुख्य सैनिक अखडा केन्द्रित आक्रमणपछि आसपासका कैयौँ समुदायहरू विद्युतविहीन बनेका छन् । शहरमाथि धुवाँको ...