काठमण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा समावेश व्यक्तिहरूले नाम फिर्ता लिने क्रम बढेको छ । नयाँ दलले पनि पुरानै दलहरुको शैलीमा चर्चित र प्रत्यक्षमा प्रतिस्पर्धा गर्न सक्ने व्यक्तिलाई समानुपातिकमा उम्मेदवार बनाएको भन्दै चौतर्फी आलोचनापछि नाम फिर्ता लिने क्रम बढेको हो । अहिलेसम्म बन्दसूचीमा परेका पर्वतारोही टासी लाक्पा शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आशिफ शाह र उद्योगी चन्द्र ढकालका छोरा सचिन ढकालले उम्मेदवारी फिर्ता लिने घोषणा गरिसक्नुभएको छ । प्रतिन...