आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) इलामले क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङको नाम सिफारिस गरेको छ । आज बसेको क्षेत्रीय कमिटीको बैठकले नेम्वाङको नाम एकल सिफारिस गरेको इलाम इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य रामबहादुर रानाले जानकारी दिए । सुहाङ निवर्तमान प्रतिनिधिसभा सदस्य पनि हुन् । बुवा सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचनमा एमालेले उनलाई उम्मेदवार बनाएको थियो ।