एनभीए भलिबल च्याम्पियनशिप : महिलाफर्तको उपाधि न्यु डायमन्डलाई

काठमाण्डौ – नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनशिपको उपाधि न्यु डायमन्डले जितेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै न्यु डायमन्डले उपाधि जितेको हो । न्यु डायमन्डले पहिलो सेट २५–१८, दोश्रो सेट २५–१९ र तेश्रो सेट २५–१८ ले जित्यो । उपाधिसँगै न्यु डायमन्डले ५ लाख रुपैयाँ पाएको छ भने उपविजेता बनेको पुलिसले २ लाख ५० हजार रुपैयाँ जितेको छ । यस्तै अहिले पुरुषतर्...