एनभीए भलिबल च्याम्पियनशिप : पुरुषतर्फको उपाधि हेल्प नेपाललाई

काठमाण्डौ – नवौं एनभीए पुरुष तथा महिला भलिबल च्याम्पियनशिपको पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस क्लबले जितेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषतर्फको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले पहिलो सेट २५–२२, दोश्रो सेट २५–२१ र तेश्रो सेट २५–२१ ले जित्यो । उपाधि जितेको हेल्प नेपालले ५ लाख रुपैयाँ पाएको छ भने उपविजेता बनेको आर्मीले २ लाख ५० हजार रुपैयाँ पायो । आजै भएको म...