राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान भएको पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरणलगायतका विषयमा छलफल हुनेछ ।