अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न संस्कृति मन्त्रालयको आह्वान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी चैत १५ गतेभित्र अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण गर्न सार्वजनिक सूचना जारी गरेको छ । अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित व्यक्ति, समुदाय वा संस्थाले सूचीकरणसँग सम्बन्धित दिग्दर्शनमा उल्लेख भएबमोजिम आवेदन पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन र आन्तरिक फारम मन्त्रालयको ‘वेबसाइट’मा उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । सूचीकरण गर्न चाहने व्यक्ति, समुदाय वा संस्थाले सात प्रकारका कागजात तथा...