जाडोमा हिटर तथा गिजरको प्रयोग गर्दा कसरी सावधानी अपनाउने ?

काठमाण्डौ – जाडोयाम शुरु भइसकेको छ । तराईमा शीतसहितको हावाका कारण जीवनयापन कठिन बनिरहेको छ । जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको प्रयोगमा आवश्यक सावधानी अपनाउन चिकित्सकले अनुरोध गरेका छन् ।  यी उपकरणहरुको प्रयोगमा सावधानी नअपनाउँदा बर्सेनि ज्यान गुमाउने र अस्पतालमा भर्ना हुने घटनाहरू घटिरहेका छन् । केही दिन अघि मात्र सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको ज्यान गएको छ भने परिवारका तीन जना बेहोससमेत ...