गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह

कैलालीको गोदावरी नगरपालिका–७ तिकोलामा रहेको गौशालामा आज ठूलो सङ्ख्यामा गाई परेका भेटिएपछि स्थानीयले व्यवस्थापनका लागि आग्रह गरेका छन् । गौशालामा २५ वटा गाई र बाच्छाबाच्छी मरेको भेटिएका हुन् । स्थानीय अगुवा नेता लोकराज पाण्डेले पर्याप्त आहार नपाउँदा र चिसोले कठ्याङ्ग्रिएर गाई मरेको अनुमान रहेको बताए । 'गौशालामा राखिएका गाईलाई समयमा नै घाँस, दाना तथा उचित व्यवस्थापन गरिएको छैन । यस विषयमा विगतमा पनि कुरा उठेको हो । सयभन्दा बढी गाई भएको गौशालामा एक जना मात्र हेरालु छन्,' उनले भने, 'हेरचाह...