आक्रमणअघि मादुरोलाई आत्मसमर्पण गर्न भनेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामाथि आक्रमण हुनुअघि नै आफूले राष्ट्रपति निकोलास मादुरोलाई आत्मसमर्पण गर्न भनेको दाबी गरेका छन्। फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले आक्रमण हुनुभन्दा करिब एक साताअघि मादुरोसँग संवाद भएको र त्यस क्रममा 'तिमीले हार मान्नुपर्छ, आत्मसमर्पण गर्नुपर्छ' भनेको बताएका हुन्। तर मादुरोले त्यसलाई अस्वीकार गरेपछि अमेरिका थप कडा कदम चाल्न बाध्य भएको उनको भनाइ छ। ट्रम्पले अमेरिका आगामी दिनमा भेनेजुएलाको तेल उद्योगमा बलियो रूपमा संलग्न हुने पनि बताएका छन्। 'हामीले अझ धेरै सर्ज...