मादुरो पक्राउ पर्दाको अवस्थाबारे ट्रम्पको खुलासा, घरभन्दा पनि किल्लाजस्तो स्थानमा भेटिए

वासिङ्टन । अमेरिकी सैन्य कारबाहीसँगै भेनेजुएलामा निकोलस मादुरोको शासनसत्ता ढलेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा ठूलो मात्रामा हवाई आक्रमण गरिएको र राष्ट्रपति निकोलस मादुरोलाई उनकी पत्नी सिलिया फ्लोरेससहित नियन्त्रणमा लिई 'देश बाहिर लगिएको' पुष्टि गरेका छन्। शनिबार फक्स न्युजसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले यस अपरेशनका सनसनीपूर्ण विवरणहरू साझा गर्दै मादुरो लुकेको स्थान कुनै सामान्य घर नभई 'एउटा मजबुत किल्ला' भएको बताएका छन्। ट्रम्पका अनुसार अमेरिकी विशेष फौजले मादुरोलाई नियन्त्रणमा...