आर्थिक अभावका कारण पठनपाठनमा कठिनाइ भोगिरहेका बर्दिबास नगरपालिका क्षेत्रका २४ जना छात्रछात्राले शैक्षिकसत्र २०८२ र २०८३ का लागि पूर्ण छात्रवृत्ति पाएका छन् । बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णुबहादुर खड्काले आफ्ना स्वर्गीय मातापिताको स्मृतिमा गठन गरेको पद्मशमशेर स्मृति प्रतिष्ठानले कक्षा ११ र १२ को अध्ययनका लागि नगरक्षेत्रका २४ जना छात्रछात्रालाई विद्यालयमा लाग्ने सबै शुल्क व्यहोर्ने गरी पूर्ण छात्रवृत्ति प्रदान गरेको हो । प्रतिष्ठानले सम्पूर्ण शुल्क व्यहोर्ने गरी प्रदान गरेको छात्रवृत्तिको निर्णयले गरिब परिवारका छात्रछात्रालाई राह...