गृहमन्त्री ओमप्रकाश अर्यालले गोकर्णेश्वरस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक’ पुगी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् । आज त्यहाँ पुगेर उनले पार्कमा राखिएका सहिदको नामावली, पार्कको समग्र वस्तुस्थिति र सञ्चालनको अवधारणाबारे पार्क स्मारक समितिका अध्यक्ष सुदर्शन सिग्देलबाट जानकारी लिएका हुन् । त्यस अवसरमा गृहमन्त्री अर्यालले बृहत् शान्ति सम्झौतापछि घोषणा गरिएका सहिददेखि ‘जेनजी जनआन्दोलन’ पछि सहिद घोषणा भएका ४२ जना जेनजी सुशासन योद्धा र तीन अमर प्रहरीहरूको नाम पार्कमा राख्नेबार...