आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको एकल नाम सिफारिस भएको छ । पार्टीको आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए । झापा–५ ओलीको गृह निर्वाचन क्षेत्र हो । उनी यही क्षेत्रबाट विसं २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ को संसदीय चुनावमा निर्वाचित भएका थिए । तर, विसं २०६० मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएङ्का थिए ...