निर्वाचन आचारसंहिता– अनुमतिबिना घरजग्गामा राजनीतिक गतिविधि गर्न नपाइने

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय भएको आचारसंहिता सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष-विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी तय गरिएको छ ।  निर्वाचन आयोगले तय गरेको आचारसंहितामा कुनै पनि परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग हुनेगरी कुनै पनि साधन तथा स्रोत उपलब्ध गराउन नपाइने व्यवस्था गरिएको छ ।  आयोगले सञ्चालन गर्ने निर्वाचन व्यवस्थापन र मतदाता शिक्षालगायत अन्य कार्यक्रममा कुनै किसिमले अवरोध हुनेगरी कुनै कार्य...