न्यूयोर्क पुर्‍याइए मादुरो, भेनेजुएला अस्थायी रूपमा अमेरिकाले चलाउने ट्रम्पको घोषणा

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क पुर्‍याएको छ । उनीहरूले आगामी साता म्यानह्याटनस्थित संघीय अदालतमा लागूऔषध तथा हतियार (नार्को–आतङ्कवाद) षड्यन्त्रसम्बन्धी अभियोग सामना गर्ने बताइएको छ । घटनापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले अस्थायी रूपमा भेनेजुएला चलाउने र त्यहाँका विशाल तेल भण्डार आफ्नो नियन्त्रणमा लिएर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने घोषणा गरेका छन् ।  ट्रम्पका अनुसार विवेकपूर्ण सत्ता हस्तान्तरण नहुँदासम्म भेनेजुएला अमेरिकाको प्रशा...